ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंका  दीपक भट्टको अग्रता कायमै

युग संवाददाता     565 पटक पढिएको    

ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंका  दीपक भट्टको अग्रता कायमै

 

धनगढी  ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु सभातिका लागि मंगलवार सम्पन्न मतदान पछि मत गणनाको काम जारी  छ। कुल १,४०३ मत खसेको क्याम्पसमा अहिलेसम्म १,१०४ मत गणना भएका छन्,।

जसमा नेविसंघका सभापति उम्मेदवार दीपक भट्टले अग्रता बढाउँदै ४०५ मत प्राप्त गरेका छन्। उनले अनेरास्ववियूका दिपेन्द्र भट्ट र अखिल क्रान्तिकारीका विकास बिष्टसँगको प्रतिस्पर्धामा ७२ मतको अग्रता बनाएका छन्।


पछिल्लो मत परिणाम अनुसार अनेरास्ववियूका दिपेन्द्र भट्टले ३३३ मत र अखिल क्रान्तिकारीका विकास बिष्टले पनि ३३३ मत प्राप्त गरेका छन्। अब २९९ मत गणना गर्न बाँकी छन्।

सुदूरपश्चिममा सर्वाधिक चासोको विषय बनेको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु चुनावमा तीन संगठनका उम्मेदवार मैदानमा उत्रिएका छन्। नेविसंघले दीपक राज भट्टलाई सभापति उम्मेदवार बनाएको छ भने अनेरास्ववियूले दिपेन्द्र भट्ट र अखिल क्रान्तिकारीले विकास बिष्टलाई सभापतिको उम्मेदवार बनाएका छन्।



बुधबार ०५, चैत २०८१ ०२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal