राजाको शासनमा लेख्न, बोल्न पाइँदैनथ्योः महामन्त्री शर्मा

युग संवाददाता     460 पटक पढिएको    

राजाको शासनमा लेख्न, बोल्न पाइँदैनथ्योः महामन्त्री शर्मा

 

धनगढी फागुन २६ /कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राजाको शासनका पालामा लेख्न, बोल्न नपाएको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए। उनले राजा ल्याउने कुरामा जनताले बुझ्न नसकेको राजाका पालामा भएका गलत  क्रियाकलाप बुझाउन आवश्यक रहेको बताए। महामन्त्री शर्माले कांग्रेसले गम्भीरतापूर्पक नेतृत्व गर्न आवश्यक रहेको बताउँदै भने, ‘चोकमा बसेर कांग्रेसका नेता कार्यर्ता पनि निराशाका कुरा गरिरहेको त्यो राम्रो होइन। त्यो चिर्नु कांग्रेसको दायित्व हो।’

अघिल्लो कार्यकालभन्दा यो कार्यकाल सभापति शेरबहादुर देउवाको गतिशीलता बढेको शर्माको भनाइ छ। महामन्त्री शर्माले भने, ‘हाम्रो सभापतिले सबैलाई बनाउनुभयो अब कांग्रेसको अर्को नेतालाई प्रधानमन्त्री बनाउँदा सुदूरपश्चिमले अचम्म मान्नु पर्दैन।’



सोमबार २६, फागुन २०८१ ०१:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal