कांग्रेसले गरेका राम्रा कामको जनतामाझ प्रचार गरौः उपसभापति खड्का

युग संवाददाता     42 पटक पढिएको    

कांग्रेसले गरेका राम्रा कामको जनतामाझ प्रचार गरौः उपसभापति खड्का

 

 धनगढी फागुन २६ रका‌ँग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसको नेतृत्वमा भएका राम्रा कामको जनतामाझ प्रचार गर्नुपर्ने बताएका छन्। उनले कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण, नीतिबारे जनतालाई बुझाउनुपर्ने त्यसमा कमी भएको बताए।

उनले भने, ‘पार्टीभित्र केही समस्या छन् तर ती समस्याको समाधान सडकमा कराएर हुँदैन, पार्टीभित्रै सभापतिको नेतृत्वमा छलफल गरेर समाधान हुन्छ गर्छौं।’

देशमा रहेका समस्या पनि कांग्रेसले समाधान गर्न सक्छ भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ छ। उपसभापति खड्काले पार्टीभित्रको अन्तरघातको रोगबाट मुक्त गर्ने हो भने २०८४ को निर्वाचनमा काँग्रेसलाई तिनै तहमा एक नम्बरको पार्टि बनाउन कसैले रोक्न नसक्ने बताए।



सोमबार २६, फागुन २०८१ ०१:३५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal