सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा  हिमपात वर्षा

युग संवाददाता     165 पटक पढिएको    

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा  हिमपात वर्षा


धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा वर्षा र हिमपात भइरहेको छ। लामो समयसम्म खडेरीको सामना गरिरहेका सुदूरपश्चिमका बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी वर्षा र हिमपात भएको हो।
उच्च पहाडी तथा हिमाली भेगमा शुक्रवार बिहानबाट हिमपात भएको छ। वर्षा र हिमपातपछि स्थानीय किसान खुसी भएका छन्। बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छबिसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ। साइपालको धुली, काँडा लगायत क्षेत्रमा एक फिटभन्दा बढी हिउँ जमेको छ। यस्तै खप्तड राष्ट्रिय निकुञ्जमा पनि बाक्लो हिउँ जमेको छ।
खप्तडमा हिमपात सुरु भएको र कुनैकुनै ठाउँमा दुई फिट हाराहारी हिउँ जमिसकेको छ। बाजुराको गौमुल, बुढीनन्दा, हिमाली लगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले बताएका छन्। वर्षासागै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौली लगायतका उच्च लेकाली स्थानमा पनि हिमपात भएको छ। डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टमा पनि हिमपात भएको छ।

हिमपात र वर्षाकासँगै चिसो बढ्दा दैनिक ज्यालामजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन। अविरल वर्षापछि जयपृथ्वी राजमार्गको तमैल जालेबगर सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। छबिसपाथीभेराको बालुवाटार र जालेबगर क्षेत्रमा बिहीबार राति खसेको पहिरो शुक्रवार बिहान हटाएर केहीबेर यातायात सञ्चालन भएको थियो। दिउँसो पुनः सोही ठाउँमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।



शुक्रबार १६, फागुन २०८१ ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal