धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री प्रकाश बहादुर देउवाले सीप तथा रोजगार मेलाबाट दक्ष जनशक्ती उत्पादन हुने बताएका छन् ।
धनगढी उपमहानगरपालिकाको आयोजनामा धनगढीमा बिहीबार सुरुभएको सीप तथा रोजगार मेलाको उद्घाटन समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै देउवाले बेरोजगारीको धैरै समस्या छ ,सीप सिकेर बेरोजगारी हटाउन सकिने पनि कार्यक्रममा बताए ।
औद्योगिक विकास लाई व्यापार संग जोडेर दोधारा चाँदनीमा सुख्खा बन्दगाह छिटै संचालनमा ल्याउन सरकारलाई देउवाले आग्रह गरे ।
आजबाट सुरुभएको मेला ४० दिनसम्म सञ्चालन हुनेछ ।
प्रतिकृया दिनुहोस