अध्यादेशले लगानी मैत्री वातावरण बन्ने सुनिश्चिता भएको छ ः मन्त्री भण्डारी

युग संवाददाता     45 पटक पढिएको    

अध्यादेशले लगानी मैत्री वातावरण बन्ने सुनिश्चिता भएको छ ः मन्त्री भण्डारी

 

धनगढी । उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले ल्याएका अध्यादेशले लगानी मैत्री वातावरण बन्ने सुनिश्चिता भएको बताएका छन् ।

प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने ‘सरकारले ल्याएको अध्यादेशले निजी क्षेत्र उत्साहित भएको छ । अध्यादेशले लगानी मैत्री वातावरण बन्ने खालको सुनिश्चिता भएको छ ।
मन्त्री भण्डारीले सरकारले ल्याएका अध्यादेशले केही समयमै संसदमा प्रवेश पाउने बताउँदै अध्यादेश सहमतिमै पारित हुने बताए ।
सरकारले अध्यादेश पारित गर्ने तयारी थालेको उनले बताए ।

अध्यादेशले अगाडि ल्याएका मान्यताहरु सरकारको प्रभावकारितासँग कति उपयुक्त छन भन्ने कुराको छलफल बहसबाट टुङ्ग्याउनु पर्ने उनले बताए ।

त्यस्तै, उनले सुदूरपश्चिम प्रदेशको राजधानी अहिलेसम्म निर्माण हुन नसकेको बताउँदै उनले त्यसको विषय न्यायिक निकायमा प्रवेश भएका कारण ढिलाई भएको र संरचना निर्माणका बारेमा कुरा भइरहेको उनले बताए ।



बिहिबार ०८, फागुन २०८१ ०१:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal