धनगढी । सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास कार्यालयले भौतिक पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा १६० योजना कार्यान्वयन गर्ने भएको छ । ती योजना कार्यान्वयनका लागि मन्त्रालयले उक्त कार्यालयलाई रु ३० करोड बजेटको अख्तियारी प्रदान गरेको छ ।
विद्यालय भवन निर्माण, खेलमैदान, तारजाली घेरवार, सामुदायिक भवन निर्माण र अन्य संरचनाका लागि सो बजेट विनियोज गरिएको हो ।
जिल्लाभर ६० योजना निर्माणका लागि टेण्डर आव्हान गरी कार्यान्वयनको प्रकृयामा गई सकेको निमित्त कार्यालय प्रमुख कुलराज सोतीले निशाना न्युजलाइृ जानकारी दिए ।ठेक्का भएर द्रुतगतिमा योजना कार्यान्वयनको चरणमा गएको कार्यालयले जनाएको छ ।
गोदावरीनगरपालिकामा अधुरा दुईकोठे विद्यालय भवन, अन्य अधुरा योजना मिलएर १३ वटा योजना छन् भने अन्य ६ योजना खेलमैदान ,खोपकेन्द्र मर्मत,गोदावरीको आर्यघाट व्यवस्थापन गर्नु पर्ने रहेको कार्यालयका ईन्जिनियर रमेश सिंह एैरीले जानकारी दिए ।
त्यस्तै धनगढी उपमहानगरपालिकामा ३१ मध्ये १८ योजना अन्र्तगत ,तला छुटेका अधुरा भवन निर्माण छन् भने अन्य १३ वटा योजना खेलमैदान लगायत यन्य संरचना निर्माणका कामका बजेट विनियोज भएको उनले बताए ।
कुनै योजना दोहोरिएको ठाउँमा कटौती पनि भएको उनले वताए । उनले पछिल्लो समय वित्तिय हस्तान्तरण कुरा आएको छ सो कार्यक्रम अन्र्तगत ३६ वटा योजना स्थानीय तहको सिफारिसको आधारमा मन्त्रालयमा लेखी पठाएको बताए ।
गोदावरी नगरपालिकामा एक र धनगढी उपमहानगरपालिकामा ४ वटा योजना हस्तान्तरण गरिएको उनको भनाई छ । सो योजना निर्माणका लागी धनगढीमा ८० लाख,गोदावरीमा २० लाख बजेट पनि पठाएको उनले बताए ।
त्यस्तै दुईकोठे भवनको हकमा मन्त्रालयले स्रोत सुनिश्चितताको कुरा गरेको छ भने अन्यको हकमा सोही बजेट बराबरको काम हुने उनले वताए ।
प्रतिकृया दिनुहोस