सुदूरपश्चिम प्रदेश सरकारको रकम दुरुपयोग

युग संवाददाता     177 पटक पढिएको    

सुदूरपश्चिम प्रदेश सरकारको  रकम दुरुपयोग

 

धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा आर्थिक वर्ष २०७६/७७ मा निर्माण गरिएका अतिकांश कृषि हाटबजार सञ्चालनमा नआएको फेला परेको छ । लेखा समितिले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी हाटबजारका लागि निर्माण गरिएका भौतिक संरचनामा राज्यको लगानीको दुरुपयोग भएको जनाएको छ ।
प्रदेश सभा सार्वजनिक लेखा समितिले अनुगमनका क्रममा जिल्लाका गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका, बर्दगोरिया गाउँपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका गरी पाँच वटा पालिकामा करोडौको लगानीमा निर्माण गरिएका हाटबजार प्रयोगमा नआएको फेला पारेको हो ।
समितिका सदस्य अक्कलबहादुर रावलले कृषि बजार व्यवस्थापनका लागि सञ्चालित हाटबजारमा भौतिक संरचना बन्ने काम मात्र भएको आवश्यकता र औचित्यका आधारमा सञ्चालनमा नआएको बताए ।
समितिका सदस्य खेमादेवी बिष्टले स्थानीय कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको विक्री गरी आयआर्जन गर्ने उद्देश्य हाटबजारको हो तर उद्देश्य अनुसार काम नभएको बताइन् ।
उनले हाटबजार सञ्चालनका लागि निर्माण गरिएका भौतिक संरचना बजार नजिक हुनुपर्नेमा बजारभन्दा तीन÷चार किलोमिटरको दूरीमा संचना निर्माण गरिएको अनुगमनका क्रममा भेटिएको बताइन् ।
समिति सदस्य विष्टले स्थानीयको माग अनुसार भएका स्थानमा भौतिक संरचना नबन्नुले बजेटको दुरुपयोग भएको आशंका व्यक्त गरिन् ।
यस्तै समितिका अर्का सदस्य सन्तोष शर्मा थापाले छ वटा संरचनाको अनुगमन गर्दा चार वर्षदेखि सञ्चालनमा नआएर निर्माण गरिएका संरचना जीर्ण बन्दै गएको बताइन् । उनले टीकापुर नगरपालिका–१ मा सञ्चालित हाटबजार मात्र संचालनमा रहेको बताइन् ।
उनले बन्द रहेका हाटबजार सञ्चालनका लागि सम्बन्धित पालिकासँग समन्य गरेर अघि बढ्नुपर्ने बताइन् ।
समितिका सभापति विक्रमसिं धामीले हाटबजारका लागि निर्माण गरिएका स्थानमा हाटबजार सञ्चालन गर्न तीन महिनाको समयावधि दिइने बताए । सो अवधीमा पनि सञ्चालनमा नआए कानुनी प्रक्रिया अघि बढाइने बताए ।



बिहिबार १३, भदौ २०८१ ०१:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal