मुख्यमन्त्री सोडारीद्वारा राजिनामा

युग संवाददाता     181 पटक पढिएको    

मुख्यमन्त्री सोडारीद्वारा राजिनामा

 

धनगढी  / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजीनामा दिएका छन् । प्रदेश प्रमुख नजिर मियालाई सोडारीले राजिनामा पत्र बुझाएका हुन् । यस अघी प्रदेशसभामा सम्बोधन गर्दै सोडारीले राजिनामाको घोषणा गरेका थिए । प्रदेशसभामा सम्बोधन गर्दै सोडारीले मार्ग प्रसस्त गरेको घोषणा गरेका थिए । प्रदेशसभामा सम्बोधन गर्दै सोडारीले आफुले सबिंधान अनुसार अल्पमतमा परेको ३० औँ दिन राजिनामा घोषणा गरेको बताए ।

२० असारमा एमालेले समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिन संसद् आह्वान गरेका थिए । उक्त संसद्मा सम्बोधन गरेर उनले राजीनामा दिएका हुन् । सोडारीले कांग्रेस र एमालेबिच बनेको गठबन्धनले मुलुकलाई निकास नदिने दावी गरे । उनले स्थिर राजनीतिको नाम दिएर गरिएको गठबन्धनप्रति आशङ्का व्यक्त गरेका हुन् । केन्द्रिय नेताहरुकै कारण अस्थिरता भएको भन्दै उनले अँझै स्थिरता कायम हुने ठाउँ नरहेको बताए ।



शुक्रबार १८, साउन २०८१ ०१:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal