३ दलले मागे मुख्यमन्त्री दिर्घबहादुर सोडारीको राजिनामा

युग संवाददाता     226 पटक पढिएको    

३ दलले  मागे मुख्यमन्त्री दिर्घबहादुर सोडारीको राजिनामा


धनगढी असार २९/ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारीलाई तत्काल राजिनामा दिन माग गरिएको छ ।
सत्ता गठबन्धनको ठुलोदल नेकपा एमालेले समर्थन फिर्ता लगेपछि स्पष्टरूपमा अलपमतमा परेका सुदूरश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ सोडारीले नैतकताका आधारमा राजिनामा दिनु पर्ने नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टिको धारणा  प्रस्तुत गरेका छन्  । 
 आज शनिवार तीन दलले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमल बहादुर शाहले मुख्यमन्त्री सामु बहुमत शिद्दगर्ने आधार नभएकाले नैतिकताका आधारमा राजिनामा दिनु पर्ने बताए ।

त्यसैगरी नेकपा एमाले संसदीय दलका उपनेता सन्तोश कुमारी  शर्मा थापाले पनि सदनलाई अनिर्णयको बन्दी बनाउन भन्दा तत्काल राजिनामा दिएर मुख्यमन्त्रिले निकासको बाटो देखाउनु पर्ने बताईन । 

नागरिक उन्मुक्ति पार्टि संसदीय दलमा नेता घनश्याम चौधरीले पनि सदनलाई अनिर्णयको बन्दी नबनाउन मुख्यमन्त्रीलाई सुझाव दिए  । केन्द्रमा नेपाली काँग्रेस र एमालेको गठबन्धन  गरे पछी त्यसको असर सुदुरपश्चिममा परेको छ  । एकिकुत सामाजवादीका दिर्घ सोडारीको नेतृत्व र एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । गठवन्धन  परिवर्तन भए पछी एमालेले असार २० गते समर्थन फिर्ता लिएका थिए । भने दिर्घ सोडारीको नेतृत्व सरकार अल्पमतमा  परेको थियो ।  
 



शनिबार २९, असार २०८१ ०७:२१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal