नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र

युग संवाददाता     145 पटक पढिएको    

नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र

 

धनगढी  जेठ २७ नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका पाँच जना सांसदले मन्त्री नियुक्ति रोक्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र बुझाएका छन् । खगराज भट्ट, झपटबहादुर रावल, शिवसिंह ओली, रमेशसिंह धामी र जानकी कुँवर पौडेलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई पत्र बुझाएका हुन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मन्त्रीका लागि अक्कलबहादुर रावल, ओमबिक्रम भाट र लक्ष्मी बिकको नाम मुख्यमन्त्रीलाई बुझाएका छन् ।

तर तत्कालीन दल नेता खगराज भट्टसहितका नेताले ती नाममा आपत्ति जनाउँदै मुख्यमन्त्रीलाई पत्र बुझाएका हुन् । पत्रमा संसदीय दल र पार्टीमा छलफल नगरी दलको नेताले आफूखुसी नाम पेस गरेको भन्दै यी नाममा असहमति रहेको र नियुक्ति प्रक्रिया अगाडि नबढाउन अनुरोध गरिएको छ । यसअघि माओवादी केन्द्रका बहुमत प्रदेश सभा सदस्यले दलको नेताबाट भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता बनाएका थिए ।

पुर्ब मन्त्री समेत रहेका प्रदेशसभा सदस्य रमेश सिहं धामीले दलको बैठकबाट भाँगेर मन्त्रीको नाम सिफारिश गरिएपछि मन्त्री नियुक्त नगर्न माग गरिएको बताए । दलको बैठक स्थगित गरेर बाहिरबाट नाम पठाउनु संसदिय दलको बिधि पद्धती बिपरित भएको भन्दै उनले आपत्ति जनाएका हुन् । मुख्यमन्त्रीलाई मन्त्री नियुक्ती नगर्न माग गरिएको बताउँदै धामीले यिनै मन्त्री नियुक्ती भए सरकार नरहने दावी गरे ।

 

No description available.



सोमबार २८, जेठ २०८१ १२:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal