बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

युग संवाददाता     325 पटक पढिएको    

बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेश

 

धनगढी। सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँलाई प्रदेश निर्वाचन कार्यालय धनगढीले बझाङ उपनिर्वाचनको परिणामसहितको प्रतिवेदन पेश गरेको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख मियाँलाई प्रदेशसभा उपनिर्वाचन २०८१ को परिणामसहितको प्रतिवेदन पेश गरेका हुन् । उक्त प्रतिवेदनमा वैशाख १५ गते बझाङमा सम्पन्न उपनिर्वाचनमा विजयी भएका र उम्मेदवार रहेका सबैको मत परिणाम उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेस ढुङ्गाना, प्रमुख स्वकीय सचिव सविर अली लगायतको उपस्थितिमा प्रतिवेदन हस्तान्तरण गरिएको हो । मत परिणाम सहितको प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले निष्पक्ष, स्वच्छ र विश्वसनीय निर्वाचन सम्पन्न गरेको भन्दै निर्वाचन आयोगलाई धन्यवाद दिएका थिए ।



आइतबार २३, बैशाख २०८१ ०१:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal