सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनेमा ‘ब्रेक’, संसद् अनिश्चित काललाई स्थगित

युग संवाददाता     123 पटक पढिएको    

सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिनेमा ‘ब्रेक’, संसद् अनिश्चित काललाई स्थगित

 


धनगढी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ 


हिजो विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए। तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो ।शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका थिए।

‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु प¥यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’शुक्रबार विश्वासको मत नदिने अडान लिएको एमाले सुदूरपश्चिम संसदीय दलका नेता राजेन्द्र रावल र प्रमुख सचेतक शिर्ष तहमा सल्लाह गर्न भन्दै शनिबार काठमाडौं गएका छन्।श्रीएयरलाइन्सको विमानमार्फत काठमाडौं प्रस्थान गर्न धनगढी विमानस्थल पुगेका संसदीय दलका नेता रावलले विश्वासको मतबारे पार्टी नेतृत्वसँग सल्लाह गर्न गएको बताए।

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने जनाए। विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्को मिति निर्धारण गरिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताए ।वैशाख ६ गते एकीकृत समाजवादीका सोडारी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति रञ्जिता समूह र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।एमाले, माओवादी, नेकपा एस, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।



शनिबार २२, बैशाख २०८१ १०:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.