बझाङको गणना तीव्र गतिमा, एमाले अगाडि, कांग्रेस तेस्रो

युग संवाददाता     220 पटक पढिएको    

बझाङको गणना तीव्र गतिमा, एमाले अगाडि, कांग्रेस तेस्रो

 

 बझाङ । बझाङ प्रदेश सभा १ मा प्रदेश सभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ । छविसपाथिभेरा गाउँपालिका–२ सरस्वती मावि मतदान केन्द्रमा भइरहेको मतगणनामा नेकपा एमाले अगाडि रहेको छ ।

एमालेका दमनबहादुर भण्डारीले १५९३ मत ल्याएका छन् भने माओवादी केन्द्रका जनकबहादुर बुढा दोस्रो स्थानमा पुगेका छन् । उनले ९९८ मत ल्याएका छन् । 

नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह भने तेस्रो स्थानमा धकेलिएका छन् । उनले ९५५ मतमात्रै ल्याएका छन् । 


चौथो स्थानमा नेकपा एसका उम्मेदवार दिलबहादुर सिंह रहेका छन् । सिंहले ५९५ मत ल्याउँदा राप्रपाका किशोरकुमार सिंहले ३४ मतमात्रै ल्याएका छन् । 

यो क्षेत्रमा २०७९ को चुनावमा कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए । उनको निधनपछि कांग्रेसबाट उनका छोरा अभिषेक उठेका छन् ।



आइतबार १६, बैशाख २०८१ ०१:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.