कांग्रेस नेतृत्वको सरकारलाई नेकपा एसले समर्थन गर्ने संकेत

युग संवाददाता     104 पटक पढिएको    

कांग्रेस नेतृत्वको सरकारलाई नेकपा एसले समर्थन गर्ने संकेत


धनगढी। सुदुरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकारलाई नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने संकेत मिलेको छ। केन्द्रमा पुरानो गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपनि अल्पमतमा परेको सुदूरपश्चिम सरकारलाई नेकपा एसले समर्थन गर्ने सम्भावना बढेको हो ।


नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा रहेको प्रदेश सरकारमा हाल नागरिक उन्मुक्ति पार्टी ९नाउपा० र कांग्रेस मात्र सरकारमा सहभागी छ। मुख्यमन्त्री शाहले नाउपासहित एक स्वतन्त्र सांसद र एक राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा० सांसदको समर्थन लिई विश्वासको मत लिन खोजे पनि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले समस्या भएको छ।


यसैक्रममा केन्द्रमा नयाँ गठबन्धनमा रहेको एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा कमल शाह नेतृत्वको सरकारलाई समर्थन गर्ने संकेत गरेको छ। एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घ सोडारीले नयाँ गठबन्धनमा आफ्नो दलको सम्मानजनक हैसियत नस्वीकार्न अवस्था देखिएकाले नयाँ निर्णयमा पुग्ने बताए। उनले नयाँ गठबन्धनमा छलफल चलिरहेको बताए । तर हाम्रो सम्मानजनक अवस्था स्वीकार्ने संकेत नदेखिँएकाले हामी चाँडै नयाँ निर्णयमा पुग्ने बताए ।

सोडारीले आफूहरू जसलाई सहयोग गर्न पनि स्वतन्त्र रहेको बताए। उनले भने, ‘मुख्यमन्त्री कमल शाह अहिलेसम्म विश्वासको मतका लागि प्रदेशसभामा जानुभएको छैन। विश्वासको मतका बेला हाम्रो सहयोग रहन सक्छ।’ यता मुख्यमन्त्री कमल शाहले पनि एकीकृत समाजवादीसँग पनि सकारात्मक छलफल भइरहेको बताए। उनले भने, ‘हामी विश्वासको मत पाउँछौं। २र३ दिनभित्र विश्वासको मत लिन्छौं।’नेपाली कांग्रेस, नाउपा र एकीकृत समाजवादी एक ठाउँमा भए कमल शाह नेतृत्वको सरकारले सहजै विश्वासको मत पाउने छ। कांग्रेसका १८, नाउपाका ७ र एकीकृत समाजवादीका ४ जना प्रदेशसभा सदस्य रहेका छन्।

नयाँ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने आज नै प्रदेश संसदीय दलको बैठकबाट नयाँ समीकरणअनुसार सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। संसदीय दलका नेता मानबहादुर धामीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले नयाँ समीकरणअनुसार सरकार निर्माण गर्न पहल गर्ने निर्णय गरेको हो।नेता धामीले संघमा बनेको नयाँ समीकरणअनुसार सरकार निर्माण गर्ने निर्णय गरेको जानकारी दिए।शाहले २२ चैतभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ। शाहले आफ्नो पक्षमा बहुमत जुटाउन नाउपाका सातमध्ये पाँच जनालाई मन्त्री बनाएका छन् तर नाउपाको आन्तरिक किचलोका कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिने मिति तय गर्न सकेका छैनन्। कांग्रेसका १८ र नाउपाका ७ गरेर शाहको पक्षमा २५ जना छन्। राप्रपाकी खेमादेवी विष्ट र स्वतन्त्र सांसद डा।ताराप्रसाद जोशीको समर्थन लिएर शाह आफ्नो पक्षमा बहुमत सांसद २७ जना पुर्‍याउने पक्षमा छन्।



आइतबार १८, चैत २०८० ०१:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.