खुल्यो टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट शाखा धनगढीमा

युग संवाददाता     268 पटक पढिएको    

खुल्यो टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट शाखा धनगढीमा


धनगढी /  जापान जान चाहने विद्यार्थीहरू र कामदारहरूको लागि धनगढीमा टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रालिको शाखा सञ्चालनमा आएको छ । बुधवार एक कार्यक्रमका बिच टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट प्रालिको शाखा सञ्चालनमा आएको हो ।

टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक प्रकाश महराले रिबन काटेर शाखाको उद्घाटन गरेका थिए । यस टोकियो इन्टरनेशनल एजुकेशनले हालसम्म १० हजार भन्दा बढी  र सुदूरपश्चिम प्रदेश बाट झन्डै ५ सय जना विद्यार्थीहरूको भिषा लगाउन सफल भएको टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युटका संस्थापक कार्यकारी निर्देशक महराले बताए । जापान बाट विभिन्न श्विविद्यालयका १० जना टोलीले  धनगढी टोकियो इन्टरनेशनल एजुकेशन इन्स्टिच्युट शखाको अवलोकन गरेको धनगढी शाखाका व्यवस्थापक दिपेन्द्र प्रसाद श्रेष्ठले बताए ।

जापानमा भिषा लगाउने मात्रै नभई गएका विद्यार्थीहरू लाई काम खोजेर काममा समेत लगाइदिने गरेको उनले बताए । एन ४ एन ५ को जापानिज भाषा दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन गराइने उनले बताए ।

यस संस्थाको जापानमा आफ्नै सम्पर्क कार्यालय तथा होस्टेलसमेत रहेको छ । संस्थाले निःशुल्क परामर्श सेवा समेत दिने भएको छ । प्लस टु र बिबिएस पास भएर पढाई ग्याप भएका विद्यार्थीहरूको पनि भिषा लगाउन सफल भएको इन्स्टिच्युट दाबी समेत गरेको छ ।



बिहिबार १५, चैत २०८० ०७:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.