नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीको तोकियो जिम्मेवारी

युग संवाददाता     495 पटक पढिएको    

नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीको तोकियो जिम्मेवारी

 

धनगढी  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी  नाउपा का दुई विना विभागीय मन्त्रीलाई जिम्मेवारी दिएका छन् ।

नाउपाका सबै मन्त्रीको उपस्थितिमा लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।


जिम्मेवारीको पत्र समेत बुझिएका ती दुई मन्त्रीहरूको आज ११ बजे औपचारिक रूपमा पदभार ग्रहण हुने जनाइएको छ । सत्ता जोगाउन हदैसम्मको प्रयासमा रहेका मुख्यमन्त्री शाहले नाउपाले समर्थन फिर्ता लिनेसम्मको निर्णय गरिसकेपछि पनि नाउपाकै मन्त्रीलाई जिम्मेवारी दिन लागेका हुन् ।



बिहिबार १५, चैत २०८० ०७:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal