स्थायी समितिको निर्णयमा गम्भीर आपत्ती, राजनैतिक आत्महत्याको दिशामा धकेल्यो‘

युग संवाददाता     279 पटक पढिएको    

स्थायी समितिको निर्णयमा गम्भीर आपत्ती, राजनैतिक आत्महत्याको दिशामा धकेल्यो‘

 


धनगढी। नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले स्थायी समितिले गरेको निर्णयमा गम्भीर आपत्ती जनाएका छन्। आज स्थायी समिति बैठकले गरेको निर्णयमा खगराजले आफ्नो ३४ वर्षको राजनैतिक र साङ्गठनिक जीवन समाप्त पार्ने डिजाइन गरिएको भन्दै गम्भीर असहमति जनाएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरेर उनले चार प्रश्न गरेका छन् । स्थायी समिति बैठकले गरेको निर्णयले सुदूरपश्चिम प्रदेशको पार्टी भित्र देखिएको अराजकतालाई निरुत्साहित गर्ने वा प्रोत्साहित गर्ने भन्दै प्रश्न गरेका छन्। त्यस्तै इमानदार कार्यकर्तालाई निरुत्साह गर्ने वा प्रोत्साहित गर्ने , पार्टी संस्थागत निर्णयबाट सञ्चालन हुन्छ या अमुक व्यक्तिको चाहानाबाट भन्दै प्रश्न गरेका भट्टले अराजकतालाई दण्डित गर्नु पर्ने अवस्थामा झन् प्रशय गर्ने कदमले पार्टीमा दण्डहीनताले कस्तो रूप लिन्छ भनेर सोधेका छन् ।


आज स्थायी समिति बैठकले प्रदेशको इन्चार्ज र सहइञ्चार्ज टुङ्गो लगाएको थियो । भट्ट सुदूरपश्चिम माओवादीका शीर्ष नेता हुन् तर, उनी इन्चार्ज वा सहइञ्चार्ज कुनै जिम्मेवारी पाएनन् । त्यस्तै माघ १२ गते बहुमतले भट्टलाई संसदीय दलको नेताबाट हटाएको थियो । उक्त निर्णयलाई पनि स्थायी समिति बैठकले हस्तक्षेप नगरेपछि भट्टले असहमति प्रकट गरेका हुन्।



बिहिबार १७, फागुन २०८० ०३:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal