सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाए  खगराज

युग संवाददाता     158 पटक पढिएको    

सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाए  खगराज

दुवै जिम्मेवारी खोसिएपछि खगराजले भने, ‘मेरो ३४ वर्षे राजनीतिक जीवन समाप्त पार्ने डिजाइन स्वीकार्य छैन’

काठमाडौं । माओवादी केन्द्रले स्थायी कमिटी सदस्य खगराज भट्टलाई सुदूरपश्चिम संसदीय दलको नेता र इन्चार्ज दुवै पदबाट हटाएको छ । माघ दोस्रो साता संसदीय दलका बहुमत सदस्यले भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चुनेको थियो ।

माओवादी प्रदेश कमिटीले भने त्यो निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले भट्टलाई दलको नेताबाट हटाउने संसदीय दलका बहुमत सदस्यको निर्णयमा सहमति जनाएको छ । साथै जनप्रतिनिधिलाई इन्चार्जको जिम्मेवारी नदिने भनेर भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारीबाट समेत हटाएको छ । यो निर्णयमा उपमहासचिव जनार्दन शर्माले लिखित रुपमै असहमति राखेका छन् ।

यसअघि भट्ट इन्चार्ज रहेको सुदूरपश्चिम प्रदेशमा अब गिरिराजमणि पोखरेललाई इन्चार्ज बनाइएको छ। यस्तै प्रदेशको सहइन्चार्जको जिम्मेवारी विना मगरलाई दिइएको छ। निर्वाचनअघि मुख्यमन्त्री भनेर प्रचार गरिएका उनी पार्टीले मुख्यमन्त्री नपाउँदै संसदीय दलको नेताबाट पनि हटाइएका थिए। खगराज भट्टले आज ९बुधबार०आफ्नो फेसबुकमा ‘सुदूरपश्चिमको पार्टी सिध्याउने र मेरो ३४ वर्षको रानीतिक जीवन समाप्त पार्ने डीजाइन अस्वीकार्य छ’ भनेर लेखेका छन्।

यस्तै खगराजले पनि आफ्नो ३४ वर्षको राजनैतिक जीवन समाप्त पार्ने डिजाइन भएको र सुदूरपश्चिममा पार्टी ध्वस्त भएको बताएका छन्। उनले आफ्नै पार्टीका नेता तथा कार्यकर्तालाई डिजाइनर मानेपनी नामै भने किटेका छैनन्।तत्कालीन समयमा डडेल्धुराबाट सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने आशमा प्रदेश सभा सदस्य लडेर निर्वाचित भएका उनी अहिले पार्टी राजनीतिका कारण त्यो रेसबाट पनि आउट भएका छन्। केही माओवादी नेताहरुले भने खगराजले पार्टी छोड्ने तयारी गरेको समेत भन्ने गरेका छन्।



बुधबार १६, फागुन २०८० १२:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.