सभापति बलायरले भने, जंगलको माओवादीलाई संसदभित्र हामीले लगेको हो

युग संवाददाता     251 पटक पढिएको    

सभापति बलायरले भने, जंगलको माओवादीलाई संसदभित्र हामीले लगेको हो

 


ललितपुर। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरले सबैलाई समेटेर कांग्रेसको नेतृत्वमा अहिलेको संविधान जारी भएको बताएका छन्।


उनले सबै पक्षलाई मिलाएर लैजानुपर्ने बाध्यताका कारण संविधानभित्र कांग्रेसको हुबहु चाहना अटाउन नसकेको कुरा सबैले बुझ्न आवश्यक रहेको बताए ।ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकको अन्तिम दिन सुदूरपश्चिम र कोशीको संयुक्त छलफलपछि रिपोर्ट पेस गर्दै उनले यस्तो बताएका हुन् ।“इतिहास आफैँमा साक्षी छ, देश र हामी बाध्यतामा अवस्थामा छौँ,” उनले भने, “नेपालको संविधान सुशील कोइरालाको नेतृत्वमा लेखिए पनि हुबहु कांग्रेसको चाहना हैन। चाहना छैन ।

राजनीतिक सहमतिको दस्ताबेज संविधान हो । हामी एकल निकास दिन सक्ने अवस्थामा छैनौँ ।” १० वर्षे सशस्त्र द्वन्द्वको अवस्था बुझेर नै बृहत् शान्ति सम्झौता गरिएको उनले उल्लेख गरे । “हिजो गिरिजाप्रसाद कोइरालाले माओवादीलाई जंगलबाट ल्याएर निकास नदिएको भए मुलुकको हालत के हुने थियो रु,” उनले भने, “देशको वस्तुस्थिति बुझेर बृहत् शान्ति सम्झौताको माध्यमबाट हुने क्षति न्यूनीकरण भयो । जंगलमा रहेको माओवादीलाई संसद्भित्र हामीले लगेको हो ।” उनले महासमिति बैठकमा प्रतिनिधिले राखेका अभिव्यत्ति र सुझाव दस्ताबेजका रूपमा पार्टी कार्यालयमा रहने पनि बताए । अहिले देशको राजनीति अप्ठ्यारो अवस्थामा रहेको र विपक्षीबाट घेराबन्दी भइरहेको बलायरको भनाइ छ ।



शुक्रबार ११, फागुन २०८० ०६:४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal