‘संघियतालाई बलियो बनाउन  जनताप्रति उत्तरदायी हुनुपर्छ ः सभामुख भण्डारी

युग संवाददाता     608 पटक पढिएको    

‘संघियतालाई बलियो बनाउन  जनताप्रति उत्तरदायी हुनुपर्छ ः सभामुख भण्डारी


धनगढी / सुदुरपश्चिम प्रदेशका सभामुख भिम भण्डारीले अदालतका कारण बिकासमा बाधा भएको बताएका छन् । ६३ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय समाचार समिति सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मंगलबार धनगढीमा आयोजित ‘सुशासन र समृद्धिका लागि रासस’ विषयक अन्तरक्रियामा बोल्दै भण्डारीले सर्बोच्च अदालत र अख्तियारका कारण बिकासमा बाधा पुगेको बताएका हुन् । हरेक काममा अदालत र अख्तियार जाने परम्पराले बिकासमा निकै समस्या रुृजना भएको उनले बताए ।

‘अदालतमा मुद्दा पर्छ स्टे अर्डर आउँछ । अख्तियारले छानविन अघि बढाउँदा कामहरु प्रभावित हुन्छ । सरकारले गरेका हरेक निर्णयमा पर्ने उजुरीमा अदालतले निकास नदिई काम गर्न रोक्छ’ उनले भने –‘अदालतले जुन ठाउँमा समस्या हो । त्यसमा प्रष्ट भन्नुपर्छ । खाली स्टे अर्डर जारी गरेर सरकारलाई काम गर्नबाट रोक्नु हुँदैन । निकास सहितको फैसला अदालतले दिनुपर्छ ।’ गत बर्ष सर्बोच्चको स्टे अडरकै कारण ३५ अर्ब बजेट फ्रिज गएको छ उनले भने ‘सरकारले काम गर्दा मुद्धा पर्ने तर त्यो मुद्धाको सुनुवाई गर्न बषौँ लाग्ने अनी कहाँबाट समयमै बिकास हुन्छ, अदालत तथा अख्तियारले हात हालिसकेपनि समयमै त्यसको निर्णयत गर्नुपर्छ नी, यहाँ सरकारको बजेट रोकियो उता जनताले ब्यवस्थामाथी गाली गर्नुहुन्छ, अनी नेताले गाली खानुपर्ने ।’

उनले अहिले नेतादेखि आम नागरिकहरु आफनो जिम्मेवारीबाट पन्छिने काम भइरहेको बताउँदै –‘जिम्मेवारीबाट पन्छिएर कुनै पनि समस्याको समाधान हुन सक्दैन् ।’ सभामुख भण्डारीले देश संघियता गइसकेको भएपनि सरकारका प्रशासनिक निकायहरु अझै पूर्ण रुपमा संघियतामा जान नसकेको बताए । उनले भने –‘संघियतालाई बलियो हामीले जनताप्रति उत्तरदायी हुनुपर्छ ।’



मङ्गलबार ०८, फागुन २०८० ०१:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal