कञ्चनपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द

युग संवाददाता     486 पटक पढिएको    

कञ्चनपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द

 


कञ्चनपुर। कञ्चनपुरमा विद्यार्थी कुटिएको घटनापछि विद्यालय बन्द गरिएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा रहेको समैजी मावि विद्यालयमा विद्यार्थी कुटपिटको घटनापछि चर्चामा आएको उक्त विद्यालयमा विद्यार्थी काँप्ने क्रम नरोकिएको भन्दै बन्द गरिएको हो।

विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरेर माघ २४ गते देखि २७ गते सम्म विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक सन्दीप ओझाले बताए। विद्यालयमा माघ २२ गते कक्षा १० मा अध्ययनरत विद्यार्थी एलिसा खड्कामाथि सोही विद्यालयका शिक्षक लोक बहादुर खड्काले कुटपिट गरेपछि विद्यार्थी आन्दोलित छन।

विद्यालयले भने टिफिनको बेला एक्कासि ‘देवी’ काँप्दै एलिसा विद्यालय नजिकै घर भएका शिक्षक लोक बहादुरको घरमा पुगेपछि शिक्षक खड्कालाई ‘हाक’धामी आएर कुटपिट गरेको जनाएको छ।विद्यार्थीहरुले कुटपिटको घटना ढाकछोप गर्न विद्यालयनै बन्द गरिएको बताएका छन। विद्यालयमा आन्दोलन हुन थालिएपछि विद्यालय बन्द गरेको विद्यार्थीहरुको दावी छ।



बिहिबार २५, माघ २०८० १२:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal