माघपछि सदन चल्न दिन्नौँः प्रमुख सचेतक चौधरी

युग संवाददाता     212 पटक पढिएको    

माघपछि सदन चल्न दिन्नौँः  प्रमुख सचेतक चौधरी

 


धनगढी पुस १८  नागरिक उन्मुक्तिका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछि सदन चल्न नदिने बताएका छन् । सुदूरपश्चिम प्रदेशसभाको सोमबार आह्वान गरेको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले सो चेतावनी दिएका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रमुख सचेतक चौधरीले टीकापुर घटनाको निकास नदिए माघपछिका संसदका कुनै पनि बैठक चल्न दिने छैनौँ । उनले हाम्रो लागि आजदेखि ५ वर्ष चुनौती र अवसरको रुपमा रहेकोले सो अवधीमा काम गर्न नसके व्यर्थ जाने निश्चित भएको बताए। त्यसैले हामीले गम्भीर हुन जरुरी रहेको बताए। उनले भने, ‘२०७२ मा संविधान लेखन हुँदै गर्दा टीकापुर घटना घट्यो। राजनीतिक अधिकारको क्रममा घटना घट्यो। तर राज्यले हाम्रो समुदायलाई ठूलो अन्याय गरेको छ।

टीकापुर घटनालाई ७ वर्षसम्म सरकारले निकास सकेको छैन। घटना अपराधिक होइन, राजनीतिक घटनाको रुपमा निकास खोज्नुपर्छ। घटना समाधानले मात्रै समाज विकास हुनेछ। यदि माघभित्रै निकास नदिए माघपछिको अधिवेसन चल्न दिने छैनौ।’उनले जसरी रेशम चौधरी डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका र धनगढीको कारागारमा जेलमा पनी हाम्रा साथीहरु राखिएका छन्। तिनिहरुको निकास सरकारले दिनुपर्छ उनले भने। राजनितीक दल तथा सरकारले ब्यक्तीगत स्वार्थका लागी नभई निष्पक्ष्य निकास दिनुपर्ने उनले बताए ।

टीकापुर आन्दोलन व्यक्तिगत स्वार्थका लागि नभएकाले यसलाई राजनीतिक मुद्दा बनाएर सरकारले निराकरण गर्नु पर्नेमा उनले जोड दिए। प्रदेश सांसदहरुलाई टिकापुर घटनामा मुछिएका ‘निर्दोष’ व्यक्तिलाई रिहाइको लागि आ–आफ्नो पार्टीमा लबिङ्ग गरिदिन समेत उनले आग्रह गरे। ‘नेपालको संविधान जारी हुँदै गर्दा भूगोललाई नयाँ संरचनामा ल्याउँदा आ–आफ्नो माग राख्दै विभिन्न क्षेत्रमा आन्दोलन भएका थिए, ती आन्दोलनका माग सरकारले राजनीतिक रुपले सम्बोधन गर्दै आएको थियो,’ उनले भने, ‘तर टीकापुरमा मात्रै सुनियोजित ढंगले एउटा पक्षलाई पेलेर अपराधी गराइएको छ।’

नेपालको इतिहासमा राजनीतिक दलले विभिन्न कालखण्डमा राजनीतिक निकासका लागि आन्दोलन गरेको स्मरण गराउँदै उनले थारु समुदायमाथि राज्यले विभेद गरेको बताए। ‘म थारु समुदायबाट प्रतिनिधित्व गर्ने हुनाले हाम्रो निधारमा पनि अहिले कलंकको टिका लागेको छ, यो कदापी सह्य हुनसक्दैन,’ उनले भने, ‘नेपालको चौथो ठूलो जनसंख्या भएको समुदायलाई विभेद गरिएको छ, राज्यको कुनै पनि अंगमा समतामूलक समानुपातिक प्रतिनिधित्व गराइएको छैन।’उनले टीकापुर घटनाका कैदीबन्दीलाई माघसम्म रिहा गर्न अल्मिेटमनै दिए। ‘माघमा थारुहरुको महान पर्व भएकाले यो चाडपर्वसम्म टीकापुर घटनाका राजबन्दीहरुलाई निकास दिइएन भने आउँदा अधिवेशन, सदनलाई अवरुद्ध गर्ने छौं,’ उनले भने। रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश सभामा ७ सांसद छन्।



सोमबार १८, पुष २०७९ १०:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.