सुदूरपश्चिमको माओवादी संसदीय दलको नेतामा भट्ट

युग संवाददाता     215 पटक पढिएको    

सुदूरपश्चिमको माओवादी संसदीय दलको नेतामा भट्ट

 

धनगढी पुस १७  नेकपा माओवादी केन्द्र  को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा खगराज भट्ट सर्वसम्मतले निर्वाचित भएका छन् ।

आइतबार विहान बसेको सो पार्टीको संसदीय दलको बैठकले भट्टलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो ।

भट्ट डडेल्धुराको् प्रदेश सभा क सदस्यमा निर्वाचित भट्ट सो पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज समेत हुन ।

नेकपा माओवादी केन्द्र  को सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार नै भट्टलाई दलको नेता बनाउन संसदीय दललाई निर्देशन दिएको थियो । तर शनिबार दिनभर बसेको बैठकले नेता छान्न सकेन ।

अर्का दावेदार ओमविक्रम भाट सरलले समेत दलको नेता हुने आकांक्षा राखेपछि दलको नेता छान्न ढिलाई थियो ।

प्रदेश सभा सदस्य रमेश धामीले भट्टलाई नै सरकार निर्माणको लागि पहल गर्ने जिम्मेवारी दिएको बताए ।

प्रदेश सभामा सो पार्टीका ११ जना सदस्य छन् ।

यसअघि नेकपा एमाले नागरिक उन्मुक्ति पार्टी र नेकपा  एकीकृत समाजवादी  ले दलको नेता छानिसकेका छन् ।

प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने सो पार्टीका प्रदेश सभापति वीरबहादुर बलायर धनगढी पुगेपछि दलको नेता छान्ने प्रदेश सभा सदस्य पदम शाहीले बताए । प्रतिनिधि सभाका सदस्य बलायर काठमाडौ छन् ।



आइतबार १७, पुष २०७९ ११:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.