एमाले संसदीय दलका नेतामा रावल र उपनेतामा थापा छनौट

युग संवाददाता     197 पटक पढिएको    

एमाले संसदीय दलका नेतामा रावल र उपनेतामा थापा छनौट

 

धनगढी पुस १६/  नेकपा एमाले  को सुदूरपश्चिम प्रदेश संसदीय दलका नेतामा राजेन्द्रसिंह रावल सर्वसम्मतले चयन भएका छन् ।

शनिबार विहान बसेको सो पार्टीको संसदीय दलको बैठकले उहाँलाई सर्वसम्मतले दलको नेतामा चयन गरेको हो । रावल कञ्चनपुरबाट समानुपातिक तर्फबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

सो पार्टीका पोलिटव्युरो सदस्य समेत रहनु भएका रावल तत्कालिन जिल्ला विकास समिति कञ्चनपुरका ९२०५४० उपसभापति समेत थिए ।

यसैगरी, उपनेतामा सन्तोष शर्मा थापा ९छाया० चयन हुनु भएको छ । एमालेका केन्द्रीय सदस्य थापा कैलालीबाट समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य छानिएकी हुन ।

नेकपा ९एमाले० का स्थायी समिति सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको उपस्थितिमा उनकै निवास अत्तरियामा भएको बैठकले प्रमुख सचेतक र सचेतकपछि तोक्ने निर्णय गरेको सो पार्टीका प्रदेश सचिव तथा प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।

प्रदेश सभामा नेकपा  एमाले का १० प्रदेश सभा सदस्य छन् । नेकपा  माओवादी केन्द्र ले पनि आजै दलको नेता चयन गर्ने बताइएको छ ।

सो पार्टीका प्रदेश सभामा ११ जना सदस्य छन् । यसअघि नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी ले दलको नेता छानिसकेका छन् ।

प्रदेशको ठूलो दल नेपाली कांग्रेसले भने अझै दलको नेता छान्ने सुरसार गरेको छैन ।



शनिबार १६, पुष २०७९ ०२:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.