सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीको भागमा

युग संवाददाता     175 पटक पढिएको    

सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीको भागमा

 


काठमाडौं। सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका‍ छन्। माओवादी केन्द्रले लुम्बिनी र सुदूरपचिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए।


एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ। मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ। जस अनुसार मुख्यमन्त्रीमा माओवादीका सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट र कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाट ९सरल० मुख्य दाबेदार छन्।माओवादीबाट सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्ट मुख्यमन्त्रीका दावेदार छन्।

पार्टीको संसदीय दलको नेता हुँदै मुख्यमन्त्री बन्ने लाइनमा रहेका भट्टले अब दलमा भाटको सामना गर्नुपर्ने देखिएको छ । २०७४ सालको निर्वाचनमा माओवादीका समकालीन नेताहरुले मुख्यमन्त्री बनाउने शर्तसहित प्रदेशसभाको चुनाव लड्न गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतिनिधिसभामा प्रतिस्पर्धा गरेका थिए । तर अहिले भने भट्ट मुख्यमन्त्री बनाउने सहमतीमै प्रतिनिधि सभा देउवालाई छाडेर डडेल्धुराबाट प्रदेशसभाको चुनाव लडेका थिए। भट्टले पनि प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मुख्यमन्त्री बनाउने बाचाअनुसार प्रदेश सभामा आएको बताउँदै आएका छन् ।

‘उहाँहरु ९देउवा र प्रचण्ड० दुवै जनाको समझदारीले म प्रदेशसभामा चुनाव लडेको हुँ । नयाँ समिकरणको राजनितीले समझदारी र सहमतिले सबै कुरा टुंगिन्छ ।’उनले भने माओवादीले प्रदेश संसदीय दलको नेता पनि सर्वसम्मत रुपले चयन गर्ने उनको दाबी छ । ‘म बाहेक विकल्प छैन भन्ने कुरा नभएको तर वैज्ञानिक र न्यायपूर्ण विकल्प यो हुन्छ भन्ने हो,’ सुरुमा नेता भट्ट निर्विकल्प जस्तै थिए। तर कञ्चनपुर क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट विजयी भएका ओमबिक्रम भाट सरलले पनि दाबी प्रस्तुत गरेपछि संसदीय दलको नेतामा चुनौती थपिएको हो।

उनीहरु दुबैले आफू दलको नेता बन्ने भनेर एक अर्कोलाई चुनौती दिइरहेका छन्। भाटले दलको नेता चयनका लागि चुनाव हुने अवस्थामा उम्मेदवारी दिने बताउने र पार्टीमा पुस्तान्तरण आवश्यताको रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा यसअघि पाँच वर्ष माओवादी केन्द्रले सरकारको नेतृत्व गरिसकेकाले भागबण्डा क्रममा पुनस् मुख्यमन्त्री पाएको छ। अब मुख्यमन्त्री भट्ट की भाट को हुने भन्ने चर्चा थालिएको छ । सुदूरपश्चिम प्रदेश सभामा ५३ प्रदेश सभा सदस्य छन्। प्रदेश सरकार गठनका लागि २७ सदस्यको आवश्यकता पर्ने भएकाले सरकार बनाउन २७ जनाको समर्थन चाहिने भएकाले नेकपा माओवादी केन्द्र ११, नेकपा एमाले १०, नागरिक उन्मुक्ति पार्टी ७, र राप्रपा १ गरेर जम्मा २९ सिटसहित नयाँ गठबन्धन सरकार बन्ने भएको छ।यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ प्रतिपक्षमापुगेका छन् ।



बुधबार १३, पुष २०७९ ०९:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.