सुदूरपश्चिममा  कसको नेतृत्वमा बन्ला सरकार ?

युग संवाददाता     184 पटक पढिएको    

सुदूरपश्चिममा  कसको नेतृत्वमा बन्ला सरकार ?

 


धनगढी। केन्द्रमा काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा माओवादी एमालेको पोल्टामा पुगेपछि सरकारको नेतृत्व परिर्वतन भएको छ। कांग्रेससँगको सहयात्रा तोडेर नेकपा एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड प्रधानमन्त्री बनिसकेका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको हो। नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै नयाँ राजनीति समीकरणले सुदूरपश्चिममा पनि नयाँ राजनीति समीकरण बनेको छ।


अब प्रदेश प्रदेशमा पनी एमाले र माओवादी नेतृत्वको नयाँ गठबन्धनको सरकार बन्ने निश्चित जस्तै भएको छ । त्यस कारण पनी प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको देखीएको छ ।
सुदूरपश्चिममा जम्मा ५३ सांसद रहेकोमा सरकार बनाउन २७ आवश्यक पर्ने भएकाले त्यसो हुँदा नेकपा एमाले, माओवादी, नागरिक उन्मुक्ति र राप्रपा मिलेर सरकार बन्नेछ। यहाँ प्रदेश सभामा माओवादी केन्द्रसँग ११ र एमालेसँग १०, नागरिक उन्मुक्तिसँग ७ र राप्रपाको १ सांसद गरेर जम्मा कूल २९ सांसद छन्। त्यसकारण एमाले नेतृत्वको गठबन्धनलाई सरकार बनाउन सुविधाजनक बहुमत छ। सुदूरपश्चिम प्रदेश सभामा एक जना स्वतन्त्रको हैसियतले चुनाव जितेका सांसद पनि छन्।
यस्तै सुदूरपश्चिममा काँग्रेसका १९, एकीकृत समाजवादीका ४ प्रतिपक्षमापुगेका छन् । जसकारण केन्द्रमा कांग्रेस नेतृत्वको गठबन्धन भत्किएसँगै नेकपा एमालेको नेतृत्वमा नयाँ राजनीतिक समीकरण बनेपछि सुदूरपश्चिम सरकारको नेतृत्व कसले गर्ने भन्ने चाँसो बढेको छ। अब एमाले, माओवादी, नागरिक उन्मुक्ति नेतृत्वको गठबन्धनसँग सुदूरपश्चिममा सरकार कस्को नेतृत्वमा बन्ने र मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । नेकपा माओवादी केन्द्रबाट सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दुई जना आकांक्षी देखिएका छन्। नेकपा माओवादी केन्द्र सुदूरपश्चिमका इन्चार्ज खगराज भट्ट र कञ्चनपुरबाट निर्वाचित ओमविक्रम भाट ९सरल०ले मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरिरहेका छन्।

यसअघि सुदूरपश्चिम प्रदेश सरकारको पाँच वर्षे पूर्ण कार्यकालको नेतृत्व माओवादी केन्द्रका त्रिलोचन भट्टले गरेका थिए। एमाले नेतृत्वको सातदलीय गठबन्धनमा आबद्ध दलहरुमध्ये सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्र ११ सांसदसहित सबैभन्दा ठूलो दल रहेको छ। प्रदेश सभामा दोस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्र यसपटक पनि सुदूरपश्चिमको नेतृत्व गर्ने दाउमा छ। एमाले नेतृत्वको गठबन्धनमा नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो दल रहेकाले प्रदेशको नेतृत्वमा स्वभाविक रुपमा दाबी रहने मुख्यमन्त्रीका आंकाक्षी ओमविक्रम भाट बताएका छन् । देशको राजनीतिक समीकरण उलटफेर भएको नयाँ गठबन्धनका दलहरुमध्ये प्रदेश सभामा माओवादी केन्द्र ठूलो दल बनेको उनले बताए ।

तर, सुदूरपश्चिमको नेतृत्व कसले गर्ने भन्ने गठबन्धनले नटुंगाएको कारण माओवादी केन्द्रले मुख्यमन्त्रीमा दाबी गरेपनि शीर्ष तहले गर्ने भागबण्डा अनुसार आफूहरु अगाडि बढ्ने उनले बताएका छन् । यस्तै माओवादी केन्द्रमा डडेल्धुराबाट निर्वाचित भट्टलाई मुख्यमन्त्रीको निर्विकल्प दाबेदार मानिएको थियो। उनलाई कञ्चनपुरका ओमविक्रम भाटले चुनौती दिएका छन् । भाटले संसदीय दलको नेतामा पनी दाबी गरेका छन्।नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेशको नेतृत्वका लागि दुई जना आकांक्षी देखिएका छन्। १० सांसदसहित नेकपा एमाले सुदूरपश्चिम प्रदेश सभामा तेस्रो ठूलो दल छ। सुदूरपश्चिमको नेतृत्व एमालेको भागमा परेमा राजेन्द्रसिंह रावल र धर्मराज पाठकमध्ये एकलाई भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ। अहिलेसम्म नेकपा एमालेका यी दुई नेता मात्रै संसदीय दलको नेतामा दाबी गरेका छन्।

रावल र पाठक दुवै समानुपातिक सांसद हुन। नेकपा एमालेभित्र प्रत्यक्ष जितेर आएका सांसदलाई संसदीय दलको नेता बनाउनु पर्ने आवाज पनि उठिरहेको छ। एमाले प्रदेश सांसद वीरबहादुर थापा पातलले संसदीय दलको नेताका लागी केन्द्रमा पनि यही कुरा गरिरहेको बताए । थापासहित डोटीका चक्र मल्ल र बैतडीका सुरेन्द्र बहादुर पाल एमालेबाट प्रत्यक्षतर्फ प्रदेश सभामा जितेका सांसद हुन्।विगतमा ५ वर्ष माओवादी केन्द्रले सुदुरपश्चिम सरकारको नेतृत्व गरेकोले यसपटक एमालेले पाउनु पर्ने भन्दै नेताहरुले केन्द्रमा दबाब दिइरहेका छन्। नागरिक उन्मुक्ति पार्टी एमाले नेतृत्वको गठबन्धनमा सामेल भएपनि सरकारमा जाने वा नजाने विषयमा अन्यौलमा रहेको छ । नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीले एमाले नेतृत्वको गठबन्धनलाई समर्थन गरेपनी सरकारमा जाने वा नजाने भनेर कुनै निर्णय नभएको बताए । उनले पार्टीले निर्णय अनुसार आफुहरु त्यसै अनुसार गर्ने जानकारी दिए ।



मङ्गलबार १२, पुष २०७९ १०:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.