धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग

युग संवाददाता     324 पटक पढिएको    

धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग

धनगढी । धनगढी उप–महानगरपालिकाको सरकारी गाडी विवाहमा प्रयोग गरिएको पाइएको छ। सुदूरपश्चिम प्रदेश ०१००१ झ ०४७७ नम्बरको उप–महानगरपालिकाको जीप सोमबार बिहान विवाहमा प्रयोग गरिएको पाइएको हो।

उक्त गाडी महेन्द्रनगरको मदनचोकबाट एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नियन्त्रणमा लिएका थिए। उक्त जीपको डालामा विवाहमा लैजान लागिएको तरकारी समेत भेटिएको अनेरास्ववियु कञ्चनपुरले बताएको छ। जीपको अगाडि महिला तथा बालबालिका बसेको अवस्थामा जिप नियन्त्रणमा लिइएको हो। यता, उप–महानगरपालिकाका जिप चालक सुरेश चन्दले भने विवाहमा गाडी प्रयोग नभएको दाबी गरे।

उनले परिवार र घरका लागि तरकारीमात्र गाडीमा ढुवानी गरेको जनाए। धनगढी उप–महानगरपालिकाले उक्त जीप निर्वाचन आयोगलाई दिएको जनाएको छ। मंसिर ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको सामानुपातिकतर्फको मत परिणाम नआएको भन्दै आयोगले गाडी फिर्ता गरेको छैन्।



सोमबार १२, मङि्सर २०७९ ०३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2025
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal