सुदूरपश्चिमको मुख्यमन्त्रीका दाबेदार बहालवाला दुई मन्त्री पराजित

युग संवाददाता     167 पटक पढिएको    

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार दुई जना बहालवालामन्त्री प्रदेश सभा सदस्यको चुनावमा पराजित भएका छन् ।

आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा चुनावमा पराजित भएका हुन ।मन्त्री रावल कैलाली क्षेत्र नं. १ प्रदेश सभा ‘ख’ मा चुनाव लडेका थिए । उनले २०७४ को निर्वाचन सोही निर्वाचन क्षेत्रबाट जितेका थिए ।

मन्त्री रावललाई नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पराजित गरेका हुन । पराजित रावलले आठ हजार ५३ मत प्राप्त गरे भने विजयी चौधरीले ११ हजार ३१७ मत पाए । रावल र चौधरीबिचको मतान्तर तीन हजार २६४ रहेको छ ।रावल नेपाली काँग्रेसको संसदीय दलको नेता पनि थिए ।

यसैगरी, सामाजिक विकासमन्त्री बोहरा डडेल्धुरा प्रदेश सभा ‘ख’ मा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशीसँग पराजित भएका छन् । पराजित बोहराले १० हजार ९७० मत पाए । मन्त्री बोहरा ४२५ मतान्तरले पराजित भए । निर्वाचित जोशीले ११ हजार १७० मत प्राप्त पाए । पराजित भएका दुवै जना मन्त्री बाम लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली काङ्ग्रेसबाट चुनाव लडेका थिए ।



शनिबार १०, मङि्सर २०७९ ०८:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.