बाजुरा घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गर्यो अनुसन्धान सुरू

युग संवाददाता     518 पटक पढिएको    

बाजुरा घटनाको सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले गर्यो अनुसन्धान सुरू

बाजुरा  । राष्ट्रिय मानव अधिकार आयोगले बाजुरा घटनाको सम्बन्धमा अनुसन्धान सुरू गरेको छ । शुक्रबार आयोग आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति निकालेर मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा २ जनाको मृत्‍यु भएको घटनाबारे अनुसन्धान सुरू गरेको जनाएको छ ।

उक्त घटनाबारे स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटिएको आयोगले जनाएको छ। साथै उक्त घटनाबारे आवश्यक सहयोग गरिदिन स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणसँग आयोगले अनुरोध गरेको छ ।



शुक्रबार ०९, मङि्सर २०७९ ०२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal