अछाम-१ मा शेरबहादुर कुँवरको अग्रता कायमै

युग संवाददाता     551 पटक पढिएको    

अछाम-१ मा शेरबहादुर कुँवरको अग्रता कायमै

काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता एवं निवर्तमान श्रम तथा रोजगारमन्त्री शेरबहादुर कुँवरले अग्रता कायम राखेका छन् ।

अछाम निर्वाचन क्षेत्र नं १ मा उनले शुरुआतदेखि नै अग्रता कायम राखेका छन् । लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार कुँवरले १० हजार २९०  मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहराले ६ हजार २६४ मत प्राप्त गरेका छन् ।

यस्तै, क्षेत्र नं २ मा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका सभापति पुष्पबहादुर शाहले पनि अग्रता कायम गरेका छन् ।शाहले आठ हजार ६५७ मत प्राप्त गरेका छन् भने एमालेका यज्ञ बोगटीले पाँच हजार ७२९ मत पाएका छन् । 



मङ्गलबार ०६, मङि्सर २०७९ १०:०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal