झापामा आगलागीबाट ५ करोड बराबरको धनमाल नष्ट

युग संवाददाता     286 पटक पढिएको    

झापामा आगलागीबाट ५ करोड बराबरको धनमाल नष्ट

झापा । झापाको बिर्तामोड नगरापालिका–५ मा रेडिमेट सेन्टरमा आगलागी हुँदा करोडौंको धनमाल नष्ट भएको छ । राजु बंशलको मुक्ति चोकस्थिमा सञ्चालन गरेको ‘बंशल रेडिमेट सेन्टर’मा मंगलबार बिहान आगलागी हुँदा सम्पूर्ण सामान जलेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरीका अनुसार करिब ५ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले बिर्तामोड नगरपालिका, मेची नगरपालिका, कमल गाउँपालिका र भद्रपुर नगरपालिकाका ४ वटा दमकल र स्थानीयको सहयोगमा आगो निभाएको थियो । घटनाबारे इप्रका अनारमनीले अनुसन्धान गरिरहेको छ ।



मङ्गलबार २९, कार्तिक २०७९ ०३:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.