निर्वाचनका बेला सीमानाका ४ दिन बन्द हुने

युग संवाददाता     595 पटक पढिएको    

निर्वाचनका बेला सीमानाका ४ दिन बन्द हुने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन स्वच्छ बनाउन भारतसँग जोडिएको रौतहटको सम्पूर्ण नाका ४ दिनसम्म बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै आगामी मंसिर ४ गते हुने प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचन भयरहित गराउन ४ दिनसम्म रौतहटको सम्पूर्ण नाका बन्द हुने जानकारी दिएको छ।

मंसिर १ गते १२ बजेदेखि मंसिर ४ गते रातीसम्म  गौर, बनजरहा, औरैया, राजपुर, नरकटिया, बंकुल, बेलबिछवालगायत सम्पूर्ण नाका बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।



मङ्गलबार २९, कार्तिक २०७९ ०८:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal