सुदूरपश्चिमका युवालाई भोटभन्दा भोकको चिन्ता !

युग संवाददाता     445 पटक पढिएको    

सुदूरपश्चिमका युवालाई भोटभन्दा भोकको चिन्ता !

धनगढी । प्रदेश र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिए पनि सुदूरपश्चिमका युवाहरु भने चुनावको बेवास्ता गर्दै भारत पस्न थालेका छन्।उनीहरुलाई भोटभन्दा भोकको चिन्ताले गर्दा भारत पलायन हुन बाध्य बनाएको हो। दसैँ र तिहार मान्न भारतबाट घर फर्किएका युवाहरू अहिले धामाधम भारत फर्किन लागेका छन्।

कैलालीको त्रिनगर गौरीफन्टा नाकाबाट मात्र हरेक दिन ५ सय बढी युवा भारत पलायन भइरहेका छन्। चुनावका लागि सीमा नाका बन्द हुने भन्दै ठुलो संख्यामा मतदाता चुनावको मुखैमा राजोगारीको खोजीमा भारत जान लागेका हुन्। प्रदेश र प्रतिनिधि सभा सदस्यको चुनावको एक हप्ता मात्र समय बाँकी छ। तर यो चुनावसँग सुदूरपश्चिमका केही युवाको भने कुनै चासो र सरोकार नै नभएको देखिएको छ। सुदूरपश्चिमका युवाहरूका लागि रोजगारीको प्रमुख गन्तव्यको रुपमा रहेको भारतका विभिन्न सहरमा जानेहरूको सीमा नाकामा लर्को देख्न सकिन्छ।

उम्मेदवारहरूलाई मत माग्न भ्याइनभ्याइ भइरहेका बेला दैनिक सयौं युवाहरू भने चुनावप्रति बेवास्ता गर्दै भारत पालायन भइरहेका छन्। उनीहरुलाई निर्वाचनको विषयमा कुनै चासो छैन्। डोटीको दीपायल सिलगढी नगरपालिका वडा नम्बर ७ का जनक विष्टले तिहारका लागि घर आएको तर मंसिर ४ गते चुनाव छ भन्ने कुरा थाहा नपाएको बताए।



सोमबार २८, कार्तिक २०७९ ०३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal