निमोनियाका बिरामी पनि बढ्न थाले

युग संवाददाता     601 पटक पढिएको    

निमोनियाका बिरामी पनि बढ्न थाले

बैतडी । बैतडीमा चिसो बढेसंगै अहिले जिल्लामा निमोनियाका बिरामी पनि बढ्न थालेका  छन् ।  निमोनियाले पाँच वर्ष मुनिका बालबालिका र वृद्धवृद्धाहरु बढि प्रभावित भएका जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश प्रशाद  पन्तले जानकारी दिए ।

अस्पतालमा उपचारका लागि आएका २ महिना देखि पाँच वर्ष  मुनिका  र  वृद्धवृद्धामा निमोनिया बढी देखिएको उनको  भनाइ  छ । यस्तै जिल्ला अस्पतालमा ७/८ जना निमोनियका बिरामी  भर्ना भएका सूचना अधिकारी पन्तले  बताए । जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा पनि निमोनियाका बिरामी उपचारका लागि  आउने गरेका सम्बन्धित स्वास्थ्य संस्थाहरुले जनाएका छन्।

निमोनिया देखिएका  बालबालिका र वृद्धवृद्धाहरुलाई  अस्पतालमा भर्ना  गरेर  उपचार  भइरहेको अस्पताल स्रोतले बताएको  छ । निमोनिया फोक्सोमा हुने संक्रमण भएकाले यसबाट बच्न स्वास्थ्यको ख्याल राख्न आवश्यक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ । निमोनिया भएमा खोकी लाग्ने, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने लगायतका लक्षण देखिने  गरेको  स्वास्थ्य  प्रमुख योगेश प्रशाद भट्टले बताए ।

निमोनिया  जाडो याममा बढि हुने गरेको उनले  बताए । न्यानो  भएर  बसे,  चिल्लो पिरो, चिसो कम खाएमा, निमोनिया नलाग्ने र  यो  भइहालेमा समयमै स्वास्थ्य संस्थामा गएर उपचार गराउन स्वाथ्य प्रमुख भट्टले  सुझाव दिएका छन् । कडा खालको  निमोनियाले ज्यान समेत जाने  गरेकाले  जाडो मौसममा स्वास्थ्यको  विशेष ख्याल राख्नु पर्नेमा स्वास्थ्यकर्मीहरुले  जोड दिएका छन् ।   



सोमबार २८, कार्तिक २०७९ ०६:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal