भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

युग संवाददाता     394 पटक पढिएको    

भारतीय प्रधानमन्त्री मोदी इन्डोनेसिया भ्रमणमा

एजेन्सी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन् । भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ ।

‘प्रधानमन्त्रीको भ्रमण छोटो छ तर बालीमा हुने जी–२० शिखर सम्मेलनमा उनको भ्रमण निकै महत्वपूर्ण छ,’ इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताएका छन् । ‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी–२० शिखर सम्मेलनमा भाग लिनु हुनेछ र  यहाँ उनले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनु हुनेछ’ भारतीले एएनआईलाई बताएका छन् ।

‘प्रधानमन्त्री मोदीको  जी-२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी–२० को अध्यक्षता लिन लागेको छ । भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु, भारतीय राजदूत भारतीले भनेका छन् । 



आइतबार २७, कार्तिक २०७९ ०३:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal