जापानमा ६.१ म्याग्निच्यूडको शक्तिशाली भूकम्प

युग संवाददाता     134 पटक पढिएको    

जापानमा ६.१ म्याग्निच्यूडको  शक्तिशाली भूकम्प

टोकियो, जापानमा शक्तिशाली भूकम्प गएको छ। जापानमा ६.१ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्पपछि टोकियोलगायतका सहरमा धक्का महसुस गरिएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन्।

भूकम्प सोमबार साँझ मध्य मिई प्रिफेक्चरको करिब ३५० किलोमिटर (२१७ माइल) गहिराइमा गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। सार्वजनिक प्रसारक एनएचकेका अनुसार भूकम्पबाट फुकुशिमा आणविक संयन्त्रहरूमा कुनै क्षति रिपोर्ट गरिएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षणले पनि ६.१ म्याग्निच्यूडको भूकम्प मापन गरेको छ।

भूकम्पको केन्द्रबिन्दुबाट सयौं किलोमिटर टाढा रहेको उत्तरी टोकियोको फुकुशिमा र इबाराकी प्रान्तहरूमा धक्का महसुस गरिएको थियो।



बुधबार ३०, कार्तिक २०७९ ०१:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.