नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

युग संवाददाता     54 पटक पढिएको    

नेपालमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार १९ सय ८५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार कुल नमुनामध्ये सात सय ७४ जनाको पिसिआर र १२ सय २१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । यसअवधिका ३० जना संक्रमणमुक्त पनि भएको छन् । नेपालमा हाल पाँच सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।  



आइतबार २७, कार्तिक २०७९ ०३:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2022
Anubhabi Technologies Pvt. Ltd.