धादिङमा जीप दुर्घटना: १ जनाकाे मृत्यु, ५ जना घाइते

युग संवाददाता     145 पटक पढिएको    

धादिङमा जीप दुर्घटना: १ जनाकाे मृत्यु, ५ जना घाइते

धादिङ । धादिङमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। ज्वालामुखी गाउँपालिका-४ खरीमा शनिबार राति ग १ ज ५५८० नम्बरको बोलेरो जीप दुर्घटना भएको हो।

जीप टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको थियो। सोही क्रममा जीप खसेर दुर्घटना भएको हो।दुर्घटनामा परी ज्वालामुखी- ४ का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ। चालकसहित पाँचजना घाइतेहरूको धादिङ अस्पतालमा उपचार भइरहेको छ।



आइतबार २७, कार्तिक २०७९ ०६:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.