धनगढीमा पाँच दिने निःशुल्क लोकसेवा शिविर सञ्चालन हुने

युग संवाददाता     779 पटक पढिएको    

धनगढीमा पाँच दिने निःशुल्क लोकसेवा शिविर सञ्चालन हुने

धनगढी । चैतन्य एकेडेमीले धनगढीमा पाँच दिने निःशुल्क बहु आयामिक लोकसेवा शिविर सञ्चालन गर्ने भएको छ । यही कार्तिक २६ गतेदेखि ३० गतेसम्म शिविरको आयोजना गरिने एकेडेमीले जनाएको छ ।

काठमाडौँमा विगत १० वर्षदेखि गुणस्तरीय रूपमा विभिन्न सरकारी सेवाका तयारी कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले धनगढीमा शाखा विस्तार गरेसँगै शिविरको आयोजना गर्ने भएको हो ।

लोकसेवाका साथै विभिन्न सरकारी सेवाका बारेमा जानकारी दिन पाँच दिने शिविरको आयोजना गरिएको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले बताए ।उनले पाँच दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुकी साढे ४ः३० बजेदेखि साढे ६ः३० बजेसम्म अभिमुखी करण शिविर सञ्चालन हुने बताए ।

लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंकिङ्ग, स्वास्थ्य सेवा, सुरक्षा सेवा,संस्थान एवम् सम्पूर्ण प्रतिस्पर्धात्मक गुणस्तरीय तयारीका लागि चैतन्यले धनगढीमा शाखा विस्तार गरेको जोशीले बताए। सुदूरपश्चिमबाट सङ्घीय राजधानी काठमाडौँ आएर तयारी गर्न निकै महँगो हुने भएकाले धनगढीमै रहेर विद्यार्थीहरूले गुणस्तरीय तयारी कक्षा लिन पाउन भन्ने उद्देश्यले शाखा विस्तार गरिएको उनले बताए ।जोशीले काठमाडौँबाट नै विज्ञ प्रशिक्षक लगेर धनगढीमा कक्षा सञ्चालन गरिरहेको जानकारी दिए ।  



शुक्रबार २५, कार्तिक २०७९ ०७:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal