मंसिर २२ देखि सुदूरपश्चिम महोत्सवको १६औं संस्करण हुने

युग संवाददाता     222 पटक पढिएको    

मंसिर २२ देखि सुदूरपश्चिम महोत्सवको १६औं संस्करण हुने

धनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको १६ औं संस्करण आयोजना गर्ने तयारी थालेको छ । विगत १६ वर्षदेखि प्रदेशको कृषि, पर्यटन, उद्योग, व्यवसाय तथा व्यापार प्रबद्र्धनका लागि हुँदै आएको महोत्सवको तयारी सुरु भएको संघले जनाएको छ ।

संघका अध्यक्ष पुष्पराज कुँवरले ‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ हरेक वर्ष झै यो वर्षपनि मंसिर २२ देखि पुस २ गतेसम्म महोत्सव आयोजना हुने बताए ।

संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले महोत्सवलाई सुदूरपश्चिमको औद्योगिक, व्यापार, कृषि तथा पर्यटन मेलाको रूपमा मनाइने बताए । उनले कृषि उत्पादन, मह, जडीबुटी, हस्तकला, अल्लोका सामग्री, अलैंची, अदुवा, मसला, फर्निचर, अटोमोबाइल, गार्मेन्ट, इलोक्ट्रोनिक, होटल, सूचना प्रविधिलगायत व्यापारिक, रमाइलो मेला तथा बाल उद्यान सहितका ३ सयभन्दा बढी स्टल रहने बताए ।

विगतमा संघीय सरकारलाई २१ किलोको मालासहित २१ बुँदे माग र प्रदेश सरकारलाई सात किलोको मालासहित ७ बुँदे माग राखेको संघले केही माग पुरा भएको भन्दै यसवर्ष माग संशोधन गर्ने तयारी समेत गरेको छ । अध्यक्ष कुँवरले मागहरू हेरफेर गर्न छलफल गरिरहेको बताए ।

Nirwachan ad

 



मङ्गलबार २२, कार्तिक २०७९ १२:५८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal