दार्चुलामा एमाले प्रवेश गरेका धामी २ दिन नबित्दै पुनः कांग्रेसमा फर्किए

युग संवाददाता     570 पटक पढिएको    

दार्चुलामा एमाले प्रवेश गरेका धामी २ दिन नबित्दै पुनः कांग्रेसमा फर्किए

दार्चुला । दार्चुलाको ब्यास गाउँपालिकाका नेता नविन धामी एमाले प्रवेश गरेको दुई दिनमै पुनः आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । गत शुक्रवार दार्चुलामा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका उनले आइतबार विज्ञप्ति निकाल्दै काँग्रेसमा फर्किएको बताएका छन्।

उनले एमाले प्रवेश गर्नु आवेशमा विवेक गुमाएपछिको अकल्पनीय घटना भएको अर्थ लगाएका छन्। नेपाली काँग्रेसको क्रियाशील सदस्य हुँदै नेविसंघ व्यास गाउँपालिकाको संयोजकसमेत रहेका धामीले गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा आफ्नो वडा र गाउँपालिकामा काँग्रेसलाई जिताउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरेका छन्।

‘आफूप्रति आफ्नै पार्टीका साथीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिएको कारण आक्रोशमा एमाले प्रवेश गर्ने मानसिकता बनाई आफूहरुले सो कदम चालेको तर मन भने काँग्रेस नै छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।



सोमबार २१, कार्तिक २०७९ ०१:११ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal