प्रधानमन्त्री देउवा आज धनगढीमा व्यस्त रहने

युग संवाददाता     422 पटक पढिएको    

प्रधानमन्त्री देउवा आज धनगढीमा व्यस्त रहने

धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको डडेल्धुरा बसाइ लम्बिएको छ।झण्डै एक सातादेखि सुदूरपश्चिममा रहेका देउवा गत आइतबार काठमाडौं फर्कने भनिए पनि केही दिन उतै रहने भएका हुन्।

आसन्न प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका आफ्नो निर्वाचन क्षेत्रमा लगातार चार दिन चुनावी सभामा व्यस्त रहे। डडेल्धुराका सबै स्थानीय तहमा भएका सभालाई सम्बोधन गरेर प्रधानमन्त्री देउवा हिजो साँझ धनगढी आइपुगेका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार अहिले देउवाले धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट गरिरहेका छन् ।

देउवाले आज धनगढीमा हुने चुनावी सभाहरुमा व्यस्त हुने उनका प्रेस सल्लाहकार गोबिन्द परियारले जानकारी दिए। उनले कहिले काठमाडौँ फर्कने भन्ने टुङ्गो लागि नसकेको बताए ।



सोमबार २१, कार्तिक २०७९ ०४:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal