डडेल्धुरामा चुनावी प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढीमा

युग संवाददाता     441 पटक पढिएको    

डडेल्धुरामा चुनावी प्रचार गरेर प्रधानमन्त्री देउवा धनगढीमा

धनगढी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा चुनावी प्रचार गरेर आइतबार धनगढी फर्किएका छन् ।

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको प्रत्यासी रहेका प्रधानमन्त्री देउवाले त्यहाँ आयोजित सात ठाउँका चुनावी सभालाई सम्बोधन गरेका थिए । देउवा चुनावी प्रचारप्रसारका लागि यही कात्तिक १७ गते डडेल्धुरा  पुगेका थिए ।

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री देउवा डडेल्धुराबाट फर्किएर धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निजी निवासमा पार्टीका नेता कार्यकर्तासँगको भेटघाट थालेका छन् ।प्रधानमन्त्री देउवा सोमबार काठमाडौं फर्किने वा नफर्किने भन्नेबारे अहिल्यै टुङ्गो लागि नसकेको स्वकीय सचिव देउवाले जानकारी दिए । 



आइतबार २०, कार्तिक २०७९ ०२:१३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal