प्रधानमन्त्रि देउवाको स्वागतमा प्रतिषस्पर्धी  सागर ढकाल

Sunil Auji     673 पटक पढिएको    

प्रधानमन्त्रि देउवाको स्वागतमा प्रतिषस्पर्धी  सागर ढकाल
फाेटाे सामाजिक सन्जाल

धनगढी,१७ कार्तिक    प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चुनावी प्रचारका लागि गृह जिल्ला डडेल्धुरा पुगेका छन । बुधबार धनगढी पुगेका देउवा विहिवार दिउसो हेलिकोप्टर मार्फत डडेल्धुरा पुगेका छन । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले शक्ति प्रदर्शन सहित आमसभा गर्दैछ ।

अहले जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा डडेल्धुरा  पुगेका हुन । सदरमुकाममा आयोजित सभा स्थलमा प्रधानमन्त्री देउवा संगै चुनावि प्रतिस्पर्धा गरिरहेका सागर ढकाल पनि देउवाको स्वागतका लागि हातमा माला समाएर उभिएका छन । उनको त्यो फोटो सामाजिक संजालमा भाईरल भएको    छ ।

यस्तै प्रधानमन्त्री गृहजिल्ला आएपछि डडेल्धुराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम  रहेको छ।



बिहिबार १७, कार्तिक २०७९ ०८:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2026
Anubhabi Technologies Pvt. Ltd.
all right reserved@yugnepal