धनगढी / खतराको तहभन्दामाथि रहे पनि कर्णाली नदीमा पानीको सतह घट्न थालेको छ ।
विहानबाट कर्णाली नदीमा पानीको सतह घटिरहेको चिसापानी जलमापन केन्द्रका गेज रिडर पार्वती गुरुङले जानकारी दिइन । विहान ५ बजेको मापन अनुसार पानीको सतह १२.२५ मिटर रहेको छ । कर्णालीमा बाढी अझै खतराको तहभन्दा माथि रहे पनि विस्तारै घट्न थालेको उनले बताइन् । कर्णाली नदीमा १०.८० मिटर खतराको तह हो ।
कर्णालीमा बाढीले खतराको तह पार गरेपछि कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका र बर्दियाको राजापुरका केही ठाउँमा डुबान भएको छ । यस्तै, जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरी, मोहना नदीमा पनि पानीको सतह घट्ने क्रममा रहेको जनाइएको छ । विहान ७ बजे मोहनामा पानीको सतह ४.३६ मिटरमा झरेको छ ।
प्रतिकृया दिनुहोस