कांग्रेसले २८ वर्षका युवालाई बनायो मुस्ताङमा प्रतिनिधिसभा उम्मेदवार

युग संवाददाता     114 पटक पढिएको    

कांग्रेसले २८ वर्षका युवालाई बनायो मुस्ताङमा प्रतिनिधिसभा उम्मेदवार

मनाङ, २४ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले २८ वर्षका युवालाई उम्मेदवार बनाएको छ । मुस्ताङको प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा कांग्रेसका योगेश गौचनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् ।

उनी पूर्वमन्त्री तथा कांग्रेस मुस्ताङका सभापति रोमी गौचनका छोरा हुन् । प्रतिनिधिसभाका ९१ निर्वाचन क्षेत्रमा कांग्रेसबाट उम्मेदवार बनेका मध्ये योगेश सबैभन्दा कम उमेरका उम्मेदवार हुन् ।

प्रदेशसभातर्फ (क) मा नम्डुक गुरुङ र (ख) मा विकल शेरचनले उम्मेदवारी दर्ता गराएका छन् । होटल व्यवसायी समेत रहेका रोमीले यसपटक मुस्ताङ युवाहरुलाई अगाडि सारेको बताए । कांग्रेसले  समयको मागलाई मध्यनजर गरी शिक्षित, सक्षम, स्वावलम्बी युवालाई उम्मेदवार बनाएको उनले बताए । 



सोमबार २४, असोज २०७९ ०३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.