कैलाली क्षेत्र नम्बर २ बाट झपट रावलद्धारा उम्मेदवारी दर्ता

युग संवाददाता     160 पटक पढिएको    

कैलाली क्षेत्र नम्बर २ बाट झपट रावलद्धारा उम्मेदवारी दर्ता

धनगढी / आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले) बाट कैलाली क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य तथा अहिलेका प्रतिनिधि सभा सदस्य झपट रावलले उम्मेदवारी दर्ता गराएका छन् ।

रावल ०७४ निर्वाचनमा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । रावलले अनेरास्ववियू र युवासंघमा लामो समय काम गरेका थिए ।यस्तै गरेर कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र 'क' बाट कमला ओली र 'ख' बाट एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन्।

ओली यसअघि राष्ट्रिय सभा सदस्य थिइन । यस्तै पाण्डेले अनेरास्ववियूमा जिल्लादेखि केन्द्रसम्म लामो समय काम गरेका थिए । उनी ०५७ सालमा कैलाली बहुमुखी क्याम्पसका स्ववियू सभापति पनि भएका थिए ।



आइतबार २३, असोज २०७९ १२:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.