बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार जोशीको मनोनयन दर्ता

युग संवाददाता     127 पटक पढिएको    

बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार जोशीको मनोनयन दर्ता

बझाङ / आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बझाङमा बाम­लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवं पूर्व मन्त्री भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतबार उम्मेदवारी दर्ता गराएका हुन् । जोशी बझाङका अत्यन्तै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् । पूर्व बनमन्त्री समेत भइसकेका जोशी  २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्बाचत भएका थिए । आसन्न निर्बाचनका लागि बाम­लोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेको थियो । जोशी नेकपा एसको स्थायी कमिटी सदस्यसमेत हुन् ।

दुई पटक सांसद तथा एक पटक मन्त्री भएर जोशीले बझाङको विकासमा उल्लेखनीय योगदान दिएका छन् । सरल स्वभाव र स्वच्छ छविको परिचय बनाएका जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिन्छन् । यसैगरी यही गठबन्धनका तर्फबाट प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र क मा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह र ख मा नेकपा माओवादी केन्द्रका भीम भण्डारीले मनोनयन दर्ता गराएका छन् ।

बाम­लोकतान्त्रिक गठबन्धनको यो कसिलो तालमेलले आफ्ना उम्मेदवारहरूको जित सुनिश्चित भएको नेपाली कांग्रेस बझाङका प्रभावशाली नेता अर्जुन जङ्ग बहादुर सिंह को दाबी छ । 



आइतबार २३, असोज २०७९ १२:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.