एमाले नेता अधिकारीद्वारा पार्टी परित्याग

युग संवाददाता     174 पटक पढिएको    

एमाले नेता अधिकारीद्वारा पार्टी परित्याग

काठमाडौं, । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेकपा एमाले प्रदेश १ समितिका सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

एमालेको स्थानीय समितिले मोरङ क्षेत्र नम्बर १ ९ख०बाट अधिकारीलाई प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस गरेको थियो । यद्यपि उक्त सिफारिस अनुसार नभई एमालेले सो क्षेत्रबाट खड्ग बस्नेतलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।अधिकारीले पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दै राजीनामा दिएका हुन् ।

‘पार्टीका केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण टिकट पूर्वाग्रही ढङ्गले वितरण गरिएको प्रति घोर आपत्ति र असहमति जाहेर गर्दछु,’ उनले दिएको राजीनामा पत्रमा उल्लेख छ, ‘तमाम स्थानीय पार्टी कमिटी, नेता कार्यकर्ताको सल्लाह, सुझाव र आग्रह विपरीत एकतर्फी रूपमा गरिएको टिकट वितरण स्वीकार गर्न नसक्ने स्पष्ट पार्न चाहन्छु ।’

उनले टिकट वितरण पक्षपातपूर्ण, प्रलोभन र गुटगत राजनीतिबाट अघि बढेको भन्दै आजकै मितिबाट पार्टीको प्रदेश समिति सचिवालय सदस्यबाट राजीनामा दिएको उल्लेख गरेका छन् । ‘सम्पूर्ण जीवन पार्टीको नीति, विधि र पद्धतिमा रही आएकोमा गुटगत र व्यक्तिवाद राजनीतिको कारण आफ्नो स्वाभिमानलाई बन्धक बनाई पार्टीमा रही जिम्मेवारी बहन गर्न नसक्ने ठहर गर्दै यति लामो पार्टी जीवन यात्रा गह्रुँगो छाती बनाई पार्टी जिम्मेवारीबाट अलग हुने र स्वतन्त्र जीवन जिउने निर्णय गर्दै राजीनामा पेस गर्दछु,’ अधिकारीले एमाले प्रदेश अध्यक्षलाई दिएको राजीनामा पत्रमा उल्लेख छ । 



आइतबार २३, असोज २०७९ १२:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Loading...


Yugnepal
Copyright © 2019 - 2024
Anubhabi Technologies Pvt. Ltd.